पारस राजवंशीसहित तीन जना रंगेलीमा खैरो हेरोइनसहित पक्राउ
मिति: २०२५-११-१० , समय : १५:१२:५० , Our Pradesh
मिति: २०२५-११-१० , समय : १५:१२:५० , Our Pradesh
Our Pradesh
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले लागुऔषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार रंगेली–४ भन्सार चोक नजिकबाट सो टोलीले दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर तीन जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये रंगेली नगरपालिका–८ दर्वेशा निवासी पारस राजवंशी, लेटाङ नगरपालिका–३ का गणेश बर्देवा र देबिन नेपाली रहेका छन्।


प्रहरीले पक्राउ परेका दुई मोटरसाइकलमध्ये

पहिलो मोटरसाइकलका चालकबाट २.४७ ग्राम खैरो हेरोइन, र दोस्रो मोटरसाइकलमा सवार दुई जनाबाट ७.३४ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
बरामद लागुऔषधसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
प्रकाशित मिति: २०२५-११-१० , समय : १५:१२:५० , १ महिना अगाडि