रंगेलीमा ब्राउन सुगरसहित एक महिला पक्राउ
मिति: २०२५-११-११ , समय : १८:४१:०० , Our Pradesh
मिति: २०२५-११-११ , समय : १८:४१:०० , Our Pradesh
Our Pradesh
रंगेलीमा ब्राउन सुगरसहित एक महिला पक्राउ
मोरङ, कात्तिक २५ — मोरङको रंगेली नगरपालिका–६, नेमा चोकस्थित चोप्राहा–रंगेली भित्री सडकखण्डमा प्रहरीले लागुऔषधसहित एक महिलालाई पक्राउ गरेको छ।


इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो करिब ४:३० बजे सडकको पश्चिमतर्फ शंकास्पद अवस्थामा उभिएकी पथरी शनिश्चरेकी एक महिलालाई नियन्त्रणमा लिएको हो।


प्रहरीका अनुसार, सो महिलाको साथबाट १.१४० ग्राम (एक ग्राम एक सय चालिस मिलिग्राम) तौलको ब्राउन सुगर जस्तो देखिने लिसाइला पदार्थ फेला परेको हो।
हाल पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
प्रकाशित मिति: २०२५-११-११ , समय : १८:४१:०० , १ महिना अगाडि