‘ओलीसँग लुकेर होइन, खुला कुरा गरौं’ — मिनेन्द्र रिजालको कांग्रेस बैठकमा प्रश्न
मिति: २०२५-११-११ , समय : १८:५३:१४ , Our Pradesh
मिति: २०२५-११-११ , समय : १८:५३:१४ , Our Pradesh
Our Pradesh
‘ओलीसँग लुकेर होइन, खुला कुरा गरौं’ — मिनेन्द्र रिजालको कांग्रेस बैठकमा प्रश्
रङ्गेली। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले संसद् पुनर्स्थापनाबारे पार्टीको स्पष्ट धारणा माग गरेका छन्।

जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीले दुई वटा मुख्य मुद्दामा स्पष्ट रूपमा बोल्नुपर्ने आवश्यकता औंल्याए।


रिजालले भने,

“अहिलेको संसद्ले आफ्नो म्यान्डेट गुमाएको थियो कि थिएन? गुमाएको थिएन भने आन्दोलन किन भयो? आन्दोलनको विरोधमा उभिऊँ न। होइन भने, आन्दोलनलाई एकातिर समर्थन गरेर अर्कोतर्फ संसद्ले म्यान्डेट गुमाएको थिएन भन्नु दुईवटा कुरा भयो। कांग्रेसले एक ठाउँमा उभिनुपर्छ।”
उनले थपे,
“म्यान्डेट गुमाएको हो भने नयाँ म्यान्डेटका लागि तयार होस्। संसद्को म्यान्डेट कायम छ भने ओलीसँग खुला रूपमा कुरा गर्नुपर्छ, लुकेर होइन।”
यसअघि कांग्रेस महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्यरूपमा भेट गरेको चर्चा चलिरहेका बेला रिजालले उक्त टिप्पणी गरेका हुन्।
संसद् पुनर्स्थापनाबारे पार्टीले चलाएको हस्ताक्षर अभियानप्रति प्रश्न उठाउँदै उनले भने,
“खुल्ला गएर ओलीजीसँग संवाद गरे हुन्छ। किन हामी थाहा नपाउने गरी कुरा गर्नुपर्ने? भेट्नै छ भने खुलेर भेटौँ।”
रिजालले कांग्रेस नेतृत्वप्रति असन्तुष्टि जनाउँदै भने,
“हिजो हामी ओली र प्रचण्डसँग मिलेर सरकारमा थियौँ। अहिले पनि परिस्थितिअनुसार उता–यता सर्ने प्रवृत्ति देखिन्छ। गठबन्धन बनाएर चुनाव लड्यौँ, सुविधाहरू सबैले पाएका थिए। म पनि
लड्न पाएको भए त्यही गर्थेँ।”
प्रकाशित मिति: २०२५-११-११ , समय : १८:५३:१४ , १ महिना अगाडि