पूर्वमन्त्री शिवकुमार मण्डल : ‘जनार्दनका मुद्दा सकारात्मक छन्, तर अहिले एकताको लागि प्रचण्डसँगै’
मिति: २०२५-११-१३ , समय : १६:१०:३३ , Our Pradesh
मिति: २०२५-११-१३ , समय : १६:१०:३३ , Our Pradesh
Our Pradesh
विराटनगर। पूर्वमन्त्री शिवकुमार मण्डलले जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियानका विचारहरू र मुद्दा सकारात्मक रहेको बताउँदै पनि तत्काल वाम एकताको पक्षमा उभिँदै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।


‘आवर प्रदेश’सँगको विशेष कुराकानीमा मण्डलले भने, “जनार्दनका एजेन्डा र सोचहरू राम्रो छन्, तर अहिलेको राजनीतिक परिप्रेक्ष्यमा वाम शक्तिहरू एक ठाउँमा उभिनु अत्यावश्यक छ। त्यसैले म नेपाली कम्युनिष्ट पार्टीतर्फ लाग्ने निर्णयमा पुगेको हुँ।”



पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा माओवादी केन्द्रसहित ११ वाम घटक एकीकृत भएर बनेको यो नयाँ पार्टीमा माधवकुमार नेपाल सह–संयोजक छन्। पार्टीले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन पनि दिइसकेको छ।

मण्डलले आन्तरिक मतभेदलाई दोस्रो स्थानमा राख्दै एकता नै अहिलेको प्राथमिक आवश्यकता रहेको बताए। उनका अनुसार, “हामी सबैले दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्छ। विचार फरक हुन सक्छ, तर लक्ष्य एउटै हो—देश र जनताको हित।”
कोसी प्रदेशमा जनार्दन समूहका अधिकांश सदस्यहरू—विराटनगर महानगर समिति र हर्क नेम्बाङ ‘मिक्सो’लगायत—पहिले नै प्रचण्ड पक्षमा गइसकेका छन्। यसले जनार्दन समूहलाई प्रदेशमा थप कमजोर बनाएको छ, जहाँ सुदन किराँती मात्र प्रमुख रूपमा बाँकी
रहेका छन्।
प्रकाशित मिति: २०२५-११-१३ , समय : १६:१०:३३ , १ महिना अगाडि