काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन
मिति: २०२५-१२-०१ , समय : १३:०७:३६ , Our Pradesh
मिति: २०२५-१२-०१ , समय : १३:०७:३६ , Our Pradesh
Our Pradesh
काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान स्वास्थ्य समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार पिसाबको संक्रमण (UTI) शरीरभरि फैलिँदै गएपछि अवस्था जटिल बनेको थियो। उपचारका क्रममा उनलाई भेन्टिलेटरमा राखिएको थियो तर सोमबार मध्यान्ह चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।


दिवंगत शाहलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगेकी थिइन्।

शोकसन्तप्त मेयर बालेन्द्र शाह तथा परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिन्छ।
प्रकाशित मिति: २०२५-१२-०१ , समय : १३:०७:३६ , २ हप्ता अगाडि