नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई शैक्षिक परामर्शको प्रचारमा आफ्नै नाम र फोटो प्रयोग नगर्न निर्देशन
मिति: २०२५-१२-०३ , समय : ०९:४२:२३ , Our Pradesh
मिति: २०२५-१२-०३ , समय : ०९:४२:२३ , Our Pradesh
Our Pradesh
नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई शैक्षिक परामर्शको प्रचारमा आफ्नै नाम र फोटो प्रयोग नगर्न निर्देशन दिएका छन्

नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकहरूलाई शैक्षिक परामर्शको व्यापारिक प्रचारप्रसारका लागि आफ्नो नाम, फोटो र डिग्री प्रयोग नगर्न कडा निर्देशन दिएको छ।



काउन्सिलले जारी गरेको विज्ञप्ति अनुसार, केही चिकित्सकहरूले कन्सल्टेन्सीको विज्ञापन, साइनबोर्ड, ब्रोसर, पम्प्लेट लगायतका प्रचार सामग्रीमा आफ्नो व्यक्तिगत विवरण राखेर शैक्षिक परामर्श दिइरहेको भन्ने उजुरी आएको थियो। यस विषयमा काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको हो।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिश कुमार देवले स्पष्ट पार्नुभएको छ कि यस्तो कार्य काउन्सिलको आचार संहिताको स्पष्ट उल्लङ्घन हो

यस अघि विराटनगर र काठमाडौंका केही कन्सल्टेन्सीहरूले आफू डाक्टर भएतापनि कन्सल्टेन्टको रुपमा काम गरिरहेका थिए। उदाहरणस्वरूप, काठमाडौंस्थित आधार एजुकेसन कन्सल्टेन्सीमा डाक्टर नरेन्द्र मिश्रले लामो समयदेखि डाक्टर भएतापनि कन्सल्टेन्टको रूपमा काम गर्दै आएका छन्। त्यस्तै, विराटनगरका केही कन्सल्टेन्सीहरू पनि डाक्टरहरूले नै सञ्चालन गरिरहेका थिए।
प्रकाशित मिति: २०२५-१२-०३ , समय : ०९:४२:२३ , २ हप्ता अगाडि