रङ्गेलीमा प्रहरीद्वारा ९२१ केजी गाँजा बरामद, स्थानिय इतिहासमै सबैभन्दा ठूलो

मिति: २०२५-१२-११ , समय : ०८:२१:२६ , Our Pradesh

Our Pradesh

रङ्गेली, मोरङ – मोरङको रङ्गेली नगरपालिकामा प्रहरीले ९२१ केजीभन्दा बढी लाऔँ गाँजा बरामद गरेको छ। यस क्षेत्रमै यति ठूलो परिमाणमा गाँजा समातिनु सम्भवत पहिलो घटना हो।

मिति २०८२/०८/२४ गते राति करिब ९ बजे इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीको कमाण्डमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा रङ्गेली–८ स्थित बिजुली अफिसबाट करिब २०० मिटर पश्चिमतर्फ खेतको बीचमा लुकाइ–छिपाइ राखिएको २९ बोरा गाँजा बरामद गरेको हो। बरामद भएको गाँजाको कुल तौल ९२१.६६ केजी रहेको छ। प्रहरीले जग्गाधनी र अन्य सम्बन्धित व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढाएको छ।

प्रहरी स्रोतका अनुसार, यो रङ्गेलीमा पहिलोपटक यति ठूलो परिमाणको गाँजा समातिएको घटना हो।

यो घटनाले मोरङमा लागुऔषध नियन्त्रण प्रयासलाई थप मजबुत बनाएको छ। उल्लेखनीय छ कि यसअघि दुई दिनअघि मात्र रतुवामाई नगरपालिका–१ सोनापुरमा इलाका प्रहरी कार्यालय सिजुवाले ६७८ केजी गाँजा बरामद गरेको थियो।

 

बरामद गरिएको गाँजा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखिएको छ।

प्रकाशित मिति: २०२५-१२-११ , समय : ०८:२१:२६ , ३ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित