रतुवामाई–१० सातमेडीमा नरवीर तथा धनमाया आङवुहाङ मेमोरियल पार्क उद्घाटन
मिति: २०२५-१२-१५ , समय : १९:१४:५४ , Our Pradesh
मिति: २०२५-१२-१५ , समय : १९:१४:५४ , Our Pradesh
Our Pradesh
रतुवामाई–१० सातमेडीमा नरवीर तथा धनमाया आङवुहाङ मेमोरियल पार्क उद्घाटन

मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं. १० सातमेडीस्थित नरवीर तथा धनमाया आङवुहाङ मेमोरियल ट्रष्टद्वारा निर्माण गरिएको उद्यान (पार्क)को भव्य रूपमा उद्घाटन गरिएको छ।



उद्यान उद्घाटन कार्यक्रममा रतुवामाई नगरपालिकाका नगर प्रमुख श्री नागेश्वर प्रसाद सिंह प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो भने कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री श्री खगेनसि हाङगाम विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सिंह र मन्त्री हाङगामले संयुक्त रूपमा पार्कमा स्थापना गरिएको ताम्रपत्रको आवरण खोली अनावरण गर्दै उद्यानको औपचारिक समोद्घाटन गर्नुभएको थियो।
स्थानी
यस्तरमा सार्वजनिक मनोरञ्जन, हरियाली प्रवर्द्धन तथा सामाजिक स्मृतिको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले निर्माण गरिएको उक्त उद्यानले समुदायलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिएको छ। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, ट्रष्टका पदाधिकारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२५-१२-१५ , समय : १९:१४:५४ , ३ घन्टा अगाडि