रङ्गेली–५ की सम्झना पण्डित राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सूचीमा सिफारिस

मिति: २०२५-१२-३० , समय : ०९:५१:२७ , Our Pradesh

Our Pradesh

रङ्गेली–५ की सम्झना पण्डित राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सूचीमा सिफारिस

मोरङ, रङ्गेली–५ निवासी सम्झना पण्डित राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीअन्तर्गत मधेसी कोटा महिलाबाट नाम सिफारिस भएकी छन्। उनी बुवाको नाम बैजनाथ पण्डित हुन्। विगत लामो समयदेखि न्यायालय क्षेत्रमा काम गर्दै आएकी पण्डितले कानुनी क्षेत्रमा उच्च शिक्षा हासिल गरेकी हुन् र हाल वकिलको पेशामा सक्रिय छन्।

पार्टीको समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा उनलाई महिलाहरूमा दोस्रो नम्बरमा सबैभन्दा बढी भोट प्राप्त भएको थियो। २८ वर्षीया पण्डितको यस कदमलाई राजनीतिक क्षेत्रसँगै स्थानीय समुदायमा पनि सकारात्मक रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०२५-१२-३० , समय : ०९:५१:२७ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्