सुनबर्सी–रंगेली नाकामा दैनिक तस्करीको आरोप : स्थानीयले प्रहरी मौन रहेको गुनासो
मिति: २०२५-१२-३० , समय : १७:०९:०२ , Our Pradesh
मिति: २०२५-१२-३० , समय : १७:०९:०२ , Our Pradesh
Our Pradesh
सुनबर्सी–रंगेली नाकामा दैनिक तस्करीको आरोप : स्थानीयले प्रहरी मौन रहेको गुनास
मोरङ — सुनबर्सी र रंगेली नाका हुँदै मोटर पार्ट्स, चिनी, किराना सामान, लत्ता–कपडासहित ठूलो परिमाणमा दैनिक तस्करी भइरहेको आरोप स्थानीयबासीले लगाएका छन्। करुवा, कयुम र मङ्गला नामका व्यक्तिहरूसँग सम्बन्धित समूहले दैनिक १० देखि १२ वटा गाडीमार्फत सामान ढुवानी गर्दै आएको स्थानीय स्रोतको दाबी छ।


File photo
स्थानीयका अनुसार तस्करीका सामान सुनबर्सीको सिक्ट्टी नाका हुँदै पथरी–सानिश्चरे, दमक, कानीपोखरीलगायत मार्ग प्रयोग गरी पहाडी जिल्लातर्फ पु¥याइने गरिएको छ। सुरुमा साना–साना परिमाणमा सामान जम्मा गर्ने र पछि ठूलो गाडीमा लोड गरी डुप्लिकेट बिल बनाएर प्रशासनसँग मिलेमतोमा पास गर्ने प्रवृत्ति बढ्दो रहेको उनीहरूको आरोप छ।

नाम नखुलाउने शर्तमा एक स्थानीयले भने,

“दिउँसै बिहान १२ बजेदेखि डाइनिया बजारसम्म खुलेआम तस्करी भइरहेको देखिन्छ, तर प्रहरी प्रशासनले कुनै कदम चालेको छैन।”

स्थानीय स्रोतका अनुसार, यस नाकाबाट खैनी ठूलो परिमाणमा भित्रिने गरेको खुलासा भएको छ। त्यसका साथै हार्डवेयर सामग्री, जाडो मौसमका लत्ता–कपडा, इलेक्ट्रोनिक्स पार्ट्स, चिनी र कहिलेकाहीँ लागूऔषधसमेत ओसारपसार हुने गरेको आशंका व्यक्त गरिएको छ।
रङ्गेलीको धनापट्टि बोर्डर हुँदै दैनिकी महिलाहरूले साइकलमा सामान लाने गरेको पाइएको छ। जसमा लागू औषधहरू समेत ल्याउने गरेको खुलासा भएको छ।
रङ्गेली वार्ड नं ५ को आमगाछी र धनापट्टि बोर्डर हुँदै दैनिकी रूपमा लाखौँ रुपैयाँको कुखुरा तस्करी हुने गरेको छ। भारतबाट आमगाछी बोर्डर हुँदै सुनबर्सीको भेडवा हुँदै कानीपोखरी दोमानासम्म कुखुराहरू जाने गरेको खुलासा भएको छ।
कुखुरा तस्करहरूले समेत लागूऔषध ओसारपोसार गरिरहेको सूचना प्राप्त भएको छ। भारतीय व्यक्ति नेपालमै आएर अवैध ढङ्गले कुखुरा पसल सञ्चालन गर्ने र कुखुरा पुर्याउने बहानामा लागू औषधहरु लाने गरेको खुलासा भएको छ।

फाइल फोटो
स्थानीयबासीले सीमा क्षेत्रका नाकामा कडाइ अपनाउन, नियमित चेकजाँच बढाउन र सम्भावित तस्करी चक्रमाथि तत्काल छानबिन गर्न प्रशासनसँग माग गरेका छन्। तर, यी आरोपबारे प्रहरी प्रशासनबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
प्रकाशित मिति: २०२५-१२-३० , समय : १७:०९:०२ , १ महिना अगाडि