आज श्रीपञ्चमी (वसन्त पञ्चमी) मनाइँदै, सरस्वती मन्दिरहरूमा श्रद्धालुको भीड
मिति: २०२६-०१-२३ , समय : ०९:४४:४६ , Our Pradesh
मिति: २०२६-०१-२३ , समय : ०९:४४:४६ , Our Pradesh
Our Pradesh
आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमीका अवसरमा विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी सरस्वती पूजा मनाइँदैछ। सूर्य उत्तरायण लागेर दिन लम्बिन थाल्ने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ।


विद्या र सिर्जनाकी देवी सरस्वतीको विशेष पूजा आज साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले आफ्ना कला–साधनाका सामग्री कलम, कापी, कुची र वाद्ययन्त्रमार्फत गर्दै आएका छन्। धार्मिक मान्यताअनुसार सरस्वतीलाई तान्त्रिकहरूले तारादेवीका रूपमा पनि पूज्ने गर्दछन्।





विद्या र बुद्धिकी देवी मानिने सरस्वतीको पूजाका दिन विद्यालय नपठाएका बालबालिकाहरूलाई अक्षराम्भ गराउने परम्परा रहेको छ। यसरी अक्षराम्भ गराए विद्या प्राप्त हुने विश्वास रहिआएको छ।

यसै अवसरमा आज बिहानैदेखि स्वयम्भूस्थित सरस्वती मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ।
प्रकाशित मिति: २०२६-०१-२३ , समय : ०९:४४:४६ , २ हप्ता अगाडि