रंगेलीमा नवविवाहित दम्पती मृत अवस्थामा, घरेलु विवादपछि घटना
मिति: २०२६-०२-०३ , समय : ०९:१८:१८ , Our Pradesh
मिति: २०२६-०२-०३ , समय : ०९:१८:१८ , Our Pradesh
Our Pradesh
मोरङको रंगेली नगरपालिकामा एक नवविवाहित दम्पती मृत अवस्थामा फेला परेका छन्। मंगलबार राति रंगेली–५ धनपट्टीस्थित ससुराली घरमा भएको घटनामा अन्दाजी २१ वर्षीय अम्बिकाकुमारी मण्डलको ज्यान गएको र उनका पति अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डल पनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।




प्रहरीका अनुसार मुकेश सोमबार साँझ ससुराली घर पुगेका थिए। घरेलु विवादका क्रममा अम्बिकाकुमारीमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि मुकेशले पनि आत्महत्या गरेको आशंका गरिएको छ।

घटना राति करिब २ः४५ बजेतिर भएको बताइए पनि यसको यथार्थ कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान जारी रहेको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए। घटनास्थलमै प्रहरी टोलीले कानुनी प्रक्रिया अघि बढाइरहेको


छ।
प्रकाशित मिति: २०२६-०२-०३ , समय : ०९:१८:१८ , २१ घन्टा अगाडि