मोरङ–५ : फूलकुमार लालवानीको घरदैलो अभियानमा बढ्दो जनसमर्थन, चुनावी माहोल उत्साहजनक

मिति: २०२६-०२-०६ , समय : ०९:३५:३७ , Our Pradesh

Our Pradesh

मोरङ क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार फूलकुमार लालवानीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि लालवानी हाल घरदैलो अभियानमा सक्रिय देखिनुभएको छ।

घरदैलो अभियानका क्रममा उहाँले प्रत्येक टोल–बस्ती पुगेर मतदातासँग प्रत्यक्ष भलाकुसारी गर्दै स्थानीय समस्या, आवश्यकता र जनआकांक्षा बुझिरहनुभएको छ। साथै, आफू निर्वाचित भएपछिका प्राथमिकता, विकास योजना तथा क्षेत्रको समग्र समृद्धिका विषयमा मतदातालाई जानकारी गराउँदै जनताको विश्वास जित्ने प्रयासमा जुट्नुभएको छ।

लालवानीले जनताको सेवा र मोरङ–५ को दिगो विकासका लागि उम्मेदवारी दिएको उल्लेख गर्दै अभियानका क्रममा उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउनुभयो। उहाँका अनुसार स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन्।

मतदाताहरूले उम्मेदवार लालवानीप्रति विश्वास व्यक्त गर्दै समर्थन गर्ने प्रतिबद्धता जनाइरहेका छन्। प्राप्त जनविश्वासलाई कहिल्यै खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्दै उहाँले जनताको अपेक्षाअनुसार काम गरेर देखाउने आश्वासन दिनुभयो।

मोरङ–५ मा फूलकुमार लालवानीको सक्रियता र बढ्दो जनसमर्थनसँगै चुनावी माहोल थप उत्साहजनक बन्दै गएको छ।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : ०९:३५:३७ , १८ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्