नेपाली कम्युनिस्ट पार्टी मोरङ–५ मा कमजोर, अनुभवी नेता भरतलाल बहरदार राष्ट्रिय उर्जाशील पार्टीमा समाहित

मिति: २०२६-०२-०७ , समय : २०:१६:०१ , Our Pradesh

Our Pradesh

नेपाली कम्युनिस्ट पार्टी, मोरङ क्षेत्र नं.–५, प्रदेश “क” का इन्चार्ज, प्रतिष्ठित समाजसेवी तथा बुद्धिजीवी श्री भरतलाल बहरदार ले आफ्नो पूर्व पार्टी परित्याग गरी राष्ट्रिय उर्जाशील पार्टी, नेपाल मा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ।

पार्टी प्रवेश कार्यक्रममार्फत उहाँलाई राष्ट्रिय उर्जाशील पार्टी, नेपाल ले औपचारिक स्वागत गरेको हो। लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहनु भएका बहरदारको पार्टी परिवर्तनलाई मोरङ क्षेत्र नं.–५ मा नेपाली कम्युनिस्ट पार्टीका लागि ठूलो राजनीतिक झट्काका रूपमा हेरिएको छ।

 

कार्यक्रममा बोल्दै राष्ट्रिय उर्जाशील पार्टीका नेताहरूले बहरदारज्यूजस्तो अनुभवी, वैचारिक रूपमा परिपक्व, सामाजिक रूपमा सक्रिय तथा जनसेवामा समर्पित व्यक्तित्वको आगमनले पार्टीलाई अझ सशक्त, ऊर्जाशील र जनमुखी बनाउने विश्वास व्यक्त गरे। उहाँको अनुभव, नेतृत्व क्षमता र प्रतिबद्धताले संगठन विस्तार तथा जनताको पक्षमा गरिने राजनीतिक संघर्षलाई थप मजबुत बनाउने पार्टीको धारणा रहेको छ।

पार्टी प्रवेशपछि बोल्दै श्री भरतलाल बहरदारले देशको वर्तमान राजनीतिक अवस्था, युवाको भविष्य र जनताको अपेक्षालाई ध्यानमा राख्दै राष्ट्रिय उर्जाशील पार्टी, नेपाल को विचार, नीति र अभियानले आफूलाई आकर्षित गरेको बताउनुभयो। उहाँले जनताको शक्ति र युवाको ऊर्जालाई केन्द्रमा राखेर समृद्ध राष्ट्र निर्माणको अभियानमा सक्रिय योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राष्ट्रिय उर्जाशील पार्टी, नेपाल ले बहरदारज्यूलाई हार्दिक स्वागत गर्दै उहाँको आगामी राजनीतिक यात्रा सफल, सशक्त र जनमुखी रहने विश्वास व्यक्त गरेको छ। पार्टीले जनताको पक्षमा स्पष्ट एजेन्डा र युवामैत्री सोचसहित अघि बढ्ने अभियानमा उहाँको भूमिका महत्वपूर्ण हुने जनाएको छ।

भरतलाल बहरदारको बहिर्गमनसँगै मोरङ क्षेत्र नं.–५ मा नेपाली कम्युनिस्ट पार्टीको संगठनात्मक अवस्थामा असर पर्ने विश्लेषण गरिएको छ भने राष्ट्रिय उर्जाशील पार्टीले भने यसलाई क्षेत्रीय राजनीतिमा नयाँ उर्जा र विश्वासको संकेतका रूपमा लिएको छ।

प्रकाशित मिति: २०२६-०२-०७ , समय : २०:१६:०१ , ८ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित