नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अग्रवालको घोषणा: मोरङ–५ मा समग्र विकासको प्रतिबद्धता

मिति: २०२६-०२-१६ , समय : १९:१८:२१ , Our Pradesh

Our Pradesh

मोरंग क्षेत्र नं. ५ प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार नेपाल कप्युनिष्ट पार्टी (एमाले) का मनोज कुमार अग्रवालले कयापलट हुने गरी ९ बुद्धामा आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरको छ ।


इमानदार, शान्त सोभाव, विकास प्रेमी, कर्मठ, युवा तथा जनपक्षीय उम्मेदवार अग्रवालले तर्फबाट फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी मतदाता समक्ष प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
अग्रवाल आफ्नो विद्यार्थीकालदेखि नै पार्टी र जनताको पक्षमा ससक्त आवाज बुलन्द गर्दै आएकोमा पार्टीले जनताको सेवकको रुपमा खडा गरेकोले मोरङ्ग जिल्लाका ६ वटा क्षेत्र मध्ये विकास निर्माणको हिसाबले पछि परेका हुनाले समग्रह परिर्वतन र उत्थानको लागि प्रतिवद्धतापत्र सार्वजनिक वहाँको भनाइ छ ।

प्रतिवद्धतापत्रको पूण विवरण

१. भातिक पूवाधार एवम सडक निमाणका क्षत्रमा ः–
क) रंगेली–विराटनगर जोड्ने हुलाकी मार्गलाई मापदन्ड अनुसार स्तरोन्नति गर्नुको साथै आधुनिक सुविधा सम्पन्न नमुना मार्गमा विकास गरिने छ ।
ख) रंगेलीको चोप्राहा हुँदै दक्षिणी सीमा क्षेत्रमा पूर्व पश्चिम नयाँ सडकमार्गको निर्माण गरी विराटराजाको दरबार हुँदै रंगेली स्थित संसारीमाई एवम् काली मन्दिर जोड्ने पर्यटन मार्गको निर्माणका लागि विशेष पहल गरिनेछ ।
ग) मोरंग निर्वाचन क्षेत्र नं. ५ भित्र पर्ने विराटनगर महानगरपालिकाका विशेष गरी वडा नं. १३ देखि १८ सम्मका वडाहरु, जहदा गाउँपालिका र धनपालथान गाउँपालिकाका सबै वडा एवं रंगेली नगरपालिकाका वडा नं. ४, ५, ६ र ७ का सम्पूर्ण वडाभित्र रहेका बाटो–घाटोहरुमा आगामी ५ वर्ष भित्र आवश्यक ढल नाला निर्माण सहित कालो पत्रे कार्य सम्पन्न गर्न पहल गरिने छ ।
घ) यस क्षेत्रमा बसोवास गर्ने सम्पूर्ण जनताको घर आगनमा बिजुली बत्ती, स्वच्छ खानेपानी नाला ढल निकास तथा टेलीफोन जडान लगायतका कार्यहरु ५ वर्ष भित्रमा सम्पन्न गर्न पहल गरिने छ ।
ङ) स्वच्छ हरियाली पर्यावरण निमार्णका लागि क्षेत्रभित्रका सम्पूर्ण सडक मार्गका किनारा लगायत खाली पर्तीजमीनमा वृक्षरोपण कार्यलाई अभियानका रुपमा अगाडि बढाइने छ ।
च) जिल्लामै पछाडि परेको क्षेत्र नं. ५ को शिघ्र विकासका लागि एक “क्षेत्रीय विकास तथा पुनःनिर्माण कोष” खडा गरी कार्यान्वयनमा ल्याउन विशेष पहल गरिने छ ।

२. कषि सिंचाइ तथा तटबन्धनका क्षेत्रमा ः–
क) विराटनगर–रंगेली क्षेत्रका केही वडा सहित विशेषगरी धनपालथान र जहदा गाउँपालिकालाई जिल्लाकै विशेष कृषि जोनको रुपमा विकास गरिने छ ।
ख) यस क्षेत्रका किसानहरुको आय–वृद्धिका लागि प्रयाप्त सिंचाईको व्यवस्थासहित सहुलियत दरमा कृषि मल–खाद विउ–विजन, कृषि औजार, किटनाशक औषधि आदिको प्रबन्ध गरिनेछ । बिक्रीवितरण र भन्डारणका लागि वडा तहदेखि नै विशेष प्रवन्ध मिलाइनेछ ।
ग) विशेष कृषि करिडोरहरुको निर्माण गर्नुका साथै निःशुल्क तथा सहुलियत दरमा जहदा तथा धनपालथानपालिका भित्र डिपबोरिङ्ग सिँचाईको प्रबन्ध गरिने छ ।
घ) यस क्षेत्रमा रहेका बक्राहा चिसाङ्ग, लोहन्द्रा, सिघिया, केशलिया लगायतका खोलानालाहरुलाई विशेष सिचाई प्रयोजनमा उपयोग गरिनुका साथै बाढी कटानलाई रोक्न आवश्यक स्थानहरुमा तटवन्धनको व्यवस्था गरिनेछ ।

३. शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा
क) यस क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयहरुको स्तरोन्नति गरिनेछ । सम्पूर्ण विद्यालय, मदरसा एवं गुम्बाहरुमा पक्की भवन निमार्ण गर्नुका साथै आधुनिक कम्प्युटर तथा इन्टरनेटहरुको व्यवस्था गरिनेछ ।
ख) यस क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष योजना बनाई लागु गरिनुका साथै प्रत्येक वडा तहमा कम्तीमा एक सामुदायिक विद्यालयलाई नमुनाको विद्यालय बनाउन विशेष योजना बनाइने छ ।
ग) रंगेलीको जनता क्याम्पसलाई थप सुविधा सम्पन्न बनाइनुका साथै जहदाको दुर्गा उच्च मा.वि. लाई बहुमुखी क्याम्पस र धनपालथानको सर्वोदय उच्च मा.वि. लाई प्राविधिक क्याम्पसको रुपमा स्तरोन्नति गर्न आवश्यक बजेटको व्यवस्था गरिने छ । प्रत्येक विद्यालयहरुमा सुविधायुक्त खेलमैदानहरुको निर्माण गरिनेछ ।
घ) यस क्षेत्रमा खेलकुदको विकासका लागि विराटनगरको रानी क्षेत्रमा एक अन्तराष्ट्रियस्तरको रंगशाला र धनपालथान, जहदा गाउँपालिका र रंगेली नगरपालिकामा पालिका स्तरीय रंगशाला निमार्ण गर्न पहल गरिनेछ ।
ङ) बेरोजगारी समस्या न्युन गर्दै यस क्षेत्रको गरिबीलाई हटाउन व्यावसायीक तथा सीपमुलक शिक्षाको विकासका साथै कम्तीमा प्रत्येक पालिकामा एक–एक तालिम केन्द्रहरुको स्थापना गर्न पहल गरिनेछ । त्यस्तै मा.वि. तथा कलेजहरुमा पढ्ने विद्यार्थीहरुले चाहेमा काम गर्दै (कमाउँदै) पढ्न सकिने व्यवस्था मिलाउन विशेष पहल गरिनेछ ।
च) रंगेली अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउनुका साथै धनपालथान, जहदा र विराटनगरको रानी क्षेत्रमा थप सुविधा सम्पन्न अस्पतालहरु निमार्ण गर्न पहल गरिनेछ ।
छ) यस क्षेत्रमा रहेका सबै वडाहरुमा प्राथमिक स्वास्थ्य चौकीको निमार्णमा पहल गरिने छ ।
ज) स्वास्थ्य बिमा कार्याक्रममा यस क्षेत्रका सम्पूर्ण जनतालाई सुलभताका साथ सहभागी गराइनेछ । आर्थिक विपन्न, असक्त र सिमान्तकृत वर्ग तथा जाति–समुदायको हकमा निःशुल्क बीमा गराउने व्यवस्थाका लागि पहल गरिने छ ।
झ) यसक्षेत्र भित्रका विद्यार्थीहरुका बीच वार्षिक रुपमा विद्यालय स्तरीय विभिन्न प्रतियोगीताहरु आयोजना गराई पुरस्कृत गरिने व्यवस्था मिलाइनेछ ।

४. उद्योग–व्यापार एवम् रोजगारीका क्षेत्रमा ः–
क) मोरङ्गको ५ नं. क्षेत्र खासगरी मिल्स एरिया (रानी) विराटनगरमा रहेका विराटनगर जुटमिल्स, सुगरमिल, जुद्धम्याच फ्याक्ट्री, साबुन फ्याक्ट्री, टेक्सटाईलका कैयौं उद्योगहरु हाल बन्द भैसकेका हुँदा नेपाल सरकारको नाममा बांकी रहेका सबै उद्योग र जमिनलाई “विराट औद्यौगिक क्षेत्र” घोषणा गरी त्यस ठाउँमा नयाँ उधोगहरुको स्थापना र संचालनमा विशेष पहल गरिनेछ ।
ख) विराटनगरको दक्षिणी क्षेत्र लगायत जहदा, धनपालथान र रंगेलीमा सरकारी तथा निजी क्षेत्र दुबैको लगानीलाई प्रोत्साहन गरी कृषि तथा अन्य रोजगारमुलक नयाँ उद्योगहरु सञ्चालन गर्न पहल गरिने छ ।
ग) सबै पालिकाहरुमा विशेषगरी युवा तथा महिलाहरुलाई स्वरोजगार बनाई जनताको आयवृद्धि गर्न निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिमहरु सञ्चालन गरिने छ ।
घ) कृषि उपज तथा परमपरागत हस्तकलाबाट उत्पादन हुने सबै किसिमाका सामाग्रीहरुको विक्री वितरणलाई सहज बनाउन विशेष पहल गरिने छ ।
ङ) विषेशगरी जहदा र धनपालथान पालिकालाई “बालीपकेट क्षेत्र” घोषणा गरी आवश्यक सिंचाई, शितभन्डारण, गोदाम र सुविधायुक्त कृषि बजारहरुको व्यवस्था गरिने छ ।

५. धामिक, सांस्कतिक तथा पर्यटन विकासका क्षेत्रमा ः–
(क) सबैखाले धार्मिक स्थल, मठमन्दिर, मस्जित, बौद्धगुम्बा एवं चर्चहरुको पुनःनिमार्ण सहित स्तरोन्नति गरिनेछ ।
(ख) यस क्षेत्रमा बसोबास गर्ने सबै जाति तथा समुदायको भाषा, परम्परा एवं सांस्कृतिको उत्थान, विकास र सम्बद्र्धनका लागि पालिका स्तरीय सांस्कृतिक संग्रहालयहरु र एक बृहत क्षेत्रीय सांस्कृतीक संग्रालयको निमार्ण गर्न पहल गरिने छ । साथै सबै पालिका भित्रका मुख्य टोल वस्तीमा हो मस्टेहरु संचालनका लागि विशेष पहल गरिनेछ ।
(ग) यस क्षेत्रभित्र रहेका सबै धर्मवालम्बी जनताको मृत्युपश्चात् गरिने दाहासंस्कार कर्म अन्तरगतका स्थलहरु आर्यघाट, कब्रिस्तान एवम गुम्बा आदिलाइ थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन पहल गरिने छ ।
(घ) यस क्षेत्रभित्र रहेका ऐतिहासिक विराटराजाको दरबार, काली मन्दिर, संसारी माई मन्दिर, महाराजथान, राम जानकी मन्दिर, हनुमान मन्दिर, तिरुपती बालाजी मन्दिर, गणेशथान, शिव मन्दिर, वैस्णब मन्दिर, काल भैरव, भगवती मन्दिर, दादरबैरियाको रणकाली मन्दिर, धनपालथान मन्दिर, विराटनगरको रानी पोखरी लगायत पाटी–पौवा, तालतलैया एवम सीमसार क्षेत्रहरुको पुननिर्माण तथा विकासका लागि विशेष पहल गरिनेछ । साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि रिङ्गरोड मार्गको निर्माण गरी सबै क्षेत्रमा सहज पहुँचको विकास गरिनेछ ।

६. शान्ति सुरक्षा, सुशासन एवं भ्रष्टाचार नियन्त्रणका क्षेत्रमाः
क) जनतालाई शान्ति सुरक्षा प्रदान गर्नका लागि योजनाबद्ध दीर्घकालीन पहलहरु गरिनेछ । सबै पालिकाका सीमावर्ती क्षेत्रहरुमा थप सुरक्षा चौकीहरु स्थापना गर्नुका साथै थप गस्ती सहितको निगरानी बढाउन विशेष पहलकदमी गरिनेछ ।
ख) यस क्षेत्रमा सामाजिक विकृतिको रुपमा मौलाएर रहेको सुदखोरी, कालाबजारी, मिटरव्याजी एवं भ्रष्टाचारजन्य कार्यहरुलाई नियन्त्रण गर्न विशेष पहल गरिनेछ ।

७. युवा महिला तथा जेष्ठ नागरिकका समस्याका सम्बन्धमाः
क) यस क्षेत्रमा युवा लक्षित रोजगार तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालन गरिनेछ । युवाहरुको शारीरिक विकासका लागि प्रत्येक वडामा खेल मैदान, व्यायामशाला, खेलकुदका सामाग्रीहरुको व्यवस्था गर्न विशेष पहल गरिनेछ ।
ख) यस क्षेत्रमा महिला लक्षित आयमुलक कार्यक्रमहरु सञ्यालन गरिनेछ । महिला रोजगार तथा स्वरोजगारका विभिन्न व्यवसाायिक तथा सीपमूलक तालिमहरुको व्यवस्था सहित निःशुल्क स्वास्थ जाँच जस्ता योजनाहरु सञ्चालन गरिनेछ ।
ग) यस क्षेत्रमा बसोबास गर्ने सबै जेष्ठ नागरिक बुबा–आमाहरुको निशुल्क स्वास्थ जाँच गर्ने व्यवस्था मिलाइनेछ।
घ) यस क्षेत्रमा बसोबास गर्ने वृद्ध आमा–बुबाहरुको दिनचर्या, आराम र शान्तिका लागि निशुल्क रुपमा मठ मन्दिरहरुको दर्शन, भजनकृतन एवं तीर्थाटनका लागि विशेष योजना बनाई पहल गरिनेछ ।

८. निमुखा तथा अशक्त वर्गलाई उचित न्याय निशाफ प्रदान गर्ने सम्बन्धमाः
क) यस क्षेत्रमा बसोबास गर्ने कतिपय निरक्षर, अशक्त र गरिब परिवारहरु अझैपनि शोषण दमन एवं अन्यायको शिकार भई बाँच्नु परिरहेको अवस्था छ । अतः तिनलाई संविधान प्रदत न्याय प्रदान गर्न निःशुल्क परामर्श सेवाको व्यवस्था मिलाइने छ ।
ख) नेपालमा जन्मिएको वा लामो समयदेखि यही बसोवास गर्दै आएको भएता पनि विविध कारणले नागरिकता प्राप्त गर्नबाट वञ्चित व्यक्तिहरुको समस्या समाधान गर्ने सबालमा विशेष पहल गरिनेछ ।
ग) समाजमा अझैपनि विकृतिको रुपमा रहेका महिला हिंसा, वालविवाह तथा छुवाछुत प्रथालाई निर्मूल पार्न विशेष अभियानहरु संचालन गरिनेछ ।

९) विविध क्षत्रका प्रवद्धन तथा विकास सम्बन्धमा ः–
क) स्थानीय भाषा, संस्कृति, सीप र कलाको संरक्षण र विकास गर्न विद्यालय तहबाटै नीतिगत कार्यान्वयनका लागि पहल गरिनेछ । यस क्षेत्रमा बसोवास गर्ने विभिन्न क्षेत्रका स्रष्टाहरुको सम्मानका लागि विशेष कार्यक्रमहरु संचालन गरिने छ ।
ख) रंगेली–विराटनगर दक्षिणक्षेत्रको विकासकार्यलाई प्रमुख प्राथमिकतामा राखी रिङ्गरोड, कृषिरोड, सबै खोलानालाहरुमा आवश्यक पुल तथा झोलुङ्गे पुलहरुको निर्माण गरिनुका साथै सबै वडाहरुमा व्यवस्थित सामुदायिक भवनहरुको निर्माण कार्य सम्पन्न गर्न योजनाबद्ध पहल गरिनेछ ।
ग) विशेष गरी दलित, सिमान्तकृत एवं सुकुम्बासी जनताको स्थाई घर–बसोबासको व्यवस्था मिलाउन विशेष पहल गरिनेछ ।
घ) यस क्षेत्र भित्र पर्ने सबै वडाहरुमा वडा स्तरीय स्वस्थ खानेपानी टंकीहरुको निर्माण गरी सञ्चालनमा ल्याउन पहल गरिनेछ।
ङ) जनताको मौलिक हक तथा अत्यावश्यक सेवा सुविधाको ग्यारेन्टी राज्यबाट गराउने कुरामा निरन्तर पहल गरिनेछ । त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाई यस क्षेत्रका श्रमिकहरुको हितको रक्षा गरिनेछ ।
च) जनतालाई मारपर्ने गरी स्थानिय तहबाट वृद्धि गरिदै आएका विभिन्न कर तथा शुल्कहरुलाई सकेसम्म कम गर्न विशेष पहल गरिनेछ ।
छ) विशेष गरी जहदा र धनपालथान गाउँपालिका भित्र डिप बोरिङ्गको व्यवस्था, सुकुम्बासी समस्याको स्थायी समाधान, गरिब वर्गका विद्यार्थीहरुका लागि निःशुल्क छात्रवृत्ति, जेहेन्दार युवाका लागि उद्योग व्यापार संचालन गर्न बिनाधितो सरलकर्जाको व्यवस्थाका लागि विशेष कार्यक्रमहरु ल्याइनेछ ।
ज) यस क्षेत्रका सबै वडाहरुमा नमुना हाटबजारको निर्माण र विकास गरिनेछ । विशेष गरी विराटनगर र रंगेली क्षेत्रलाई आईटी हबको रुपमा विकास गरि युवा रोजगारीलाई बढावा दिन विशेष पहल गरिनेछ ।
झ) हाल अबरुद्ध रहेको रानी–कटहरी रेलवेको शिघ्र सञ्चालनमा पहल गर्नुका साथै छोटी रुटको रुपमा रानी–रंगेली रेलवे बिस्तार गर्न बिशेष पहल गरिने छ ।

यस प्रकार, माथि उल्लेखित मेरा मुख्य प्रतिबद्धताहरुका अतिरिक्त हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट जारी गरिएको घोषणा पत्रलाई समेत पूर्ण रुपमा कार्यान्वयन गर्न म सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त गर्दछु । पार्टीले सङ्कल्प गरेको सम्बृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न म जनताको एक वफादार सेवकको रुपमा अहोरात्र लागि रहनेछु।

अन्त्यमा, मोरङ्ग जिल्लाकै एक मात्र पिछडिएको ५ नं. क्षेत्रलाई विकासको मूलधारमा ल्याउन र यस क्षेत्रका बासिन्दाहरुको मुहारमा खुशीयाली ल्याउन एक सच्चा जनसेवकको रुपमा काम गर्ने अवसर प्रदान गर्न फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मेरो पार्टीको चुनाव चिन्ह सूर्यमा आफ्नो अमूल्य भोट दिई अत्याधीक मतले विजय गराइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद। अभिवादन ।।

प्रतिवद्धता पत्रमा उल्लेखछ ।

प्रकाशित मिति: २०२६-०२-१६ , समय : १९:१८:२१ , ९ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित