सर्वोच्च अदालतद्वारा गगन थापा समूहलाई कांग्रेसको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर, देउवा पक्षको रिट खारेज
मिति: २०२६-०४-१८ , समय : ०८:३९:२५ , Our Pradesh
मिति: २०२६-०४-१८ , समय : ०८:३९:२५ , Our Pradesh
Our Pradesh
सर्वोच्च अदालतद्वारा गगन थापा समूहलाई कांग्रेसको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर, देउवा पक्षको रिट खारे

काठमाडौं — सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्र गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ।


न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबारको सुनुवाइपछि आयोगको निर्णयलाई मान्यता दिँदै देउवा पक्षले दायर गरेको रिट खारेज गरेको हो।

यसअघि निर्वाचन आयोगले गत फागुन २१ गते गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
मुद्दामा २०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षीहरूलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। त्यसपछि आयोग, पार्टी कार्यालय र गगन थापा पक्षले जवाफ पेस गरेका थिए।
लिखित जवाफ पेस भएपछि चैत २१ गतेका लागि पेसी तोकिएको थियो, तर पटक–पटक सरेर अन्ततः बिहीबार र शुक्रबार सुनुवाइपछि अन्तिम फैसला आएको हो।
प्रकाशित मिति: २०२६-०४-१८ , समय : ०८:३९:२५ , ५ महिना अगाडि