प्रधानमन्त्री बालेन्द्र शाहले गरे डीडीसी चिजको बजार प्रवर्द्धन, ११ स्थानबाट हुन्छ चिज उत्पादन

मिति: २०२६-०५-१६ , समय : १७:२१:१२ , Our Pradesh

Our Pradesh

बालेन्द्र शाह ले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) द्वारा उत्पादित याक चिजको प्रचार गरेका छन्। उनले सामाजिक सञ्जालमा डीडीसीको याक चिज खाइरहेको तस्वीर सार्वजनिक गरेका हुन्।

 

डीडीसीले उच्च हिमाली क्षेत्रमा पालिने चौँरीको दूधबाट गुणस्तरीय याक चिज उत्पादन गर्दै आएको छ। देशभरका ११ भन्दा बढी केन्द्रबाट वार्षिक करिब ५५–६० मेट्रिक टन चिज उत्पादन हुने गरेको छ।

 

रसुवा, दोलखा, रामेछाप, सोलुखुम्बु, इलाम र पाँचथर लगायतका जिल्लाबाट दूध संकलन गरी चिज उत्पादन गरिन्छ। डीडीसीले याक चिजसँगै कञ्चन चिज, मोजरेल्ला र पनिर पनि उत्पादन गर्दै आएको छ।

 

चिज उत्पादनबाट किसानले एक सिजनमै करिब ५ करोड रुपैयाँ आम्दानी गर्ने गरेका छन्।

प्रकाशित मिति: २०२६-०५-१६ , समय : १७:२१:१२ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित