रङ्गेली–१ का वडाध्यक्ष महेश कुमार खनाल सहित देशभर ८ जना वडा अध्यक्ष पदमुक्त
मिति: २०२६-०६-१० , समय : १०:१८:०८ , Our Pradesh
मिति: २०२६-०६-१० , समय : १०:१८:०८ , Our Pradesh
Our Pradesh
दल परिवर्तन गरेपछि निर्वाचन आयोगद्वारा पद रिक्त घोषणा


निर्वाचन आयोगले आफू निर्वाचित भएको राजनीतिक दल त्याग गरी अन्य दलमा प्रवेश गरेका देशभरका ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। आयोगले आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो।


आयोगको निर्णयअनुसार कोशी प्रदेशका ५ जना जनप्रतिनिधिको पद रिक्त भएको छ। तीमध्ये मोरङको रङ्गेली नगरपालिका–१ का वडाध्यक्ष महेश कुमार खनाल पनि पदमुक्त भएका छन्। उनीसँगै मोरङकै लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठको पद पनि रिक्त भएको आयोगले जनाएको छ।


Oplus_16908288

Oplus_16908288
त्यसैगरी ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ का कमलबहादुर बानियाँ, सोही गाउँपालिकाको वडा नं. ६ का कमल तामाङ तथा चम्पादेवी गाउँपालिका–७ का सुरेशकुमार थापाको पदसमेत रिक्त भएको छ।
निर्वाचन आयोगका अनुसार निर्वाचित भएको दल परित्याग गरी अन्य दलमा प्रवेश गरेकाले प्रचलित कानुनी व्यवस्थाअनुसार उनीहरूको पद रिक्त भएको हो।
प्रकाशित मिति: २०२६-०६-१० , समय : १०:१८:०८ , ३ महिना अगाडि