रङ्गेलीका युवा साहु ब्राउन सुगरसहित पक्राउ
मिति: २०२६-०७-०२ , समय : २१:०४:०७ , Our Pradesh
मिति: २०२६-०७-०२ , समय : २१:०४:०७ , Our Pradesh
Our Pradesh
मोरङको पथरीशनिश्चरे–१० मंगलवारेबाट ठूलो परिमाणमा लागूऔषध (ब्राउन सुगर) सहित रङ्गेली नगरपालिका–६ निवासी ३३ वर्षीय मिथुन साहु पक्राउ परेका छन्। उनीसँगै पथरीशनिश्चरे–१० का ३३ वर्षीय मोतिराज लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बुधबार साँझ ५:३० बजे मोतिराज लिम्बूको घरमा छापा मार्दा प्लास्टिकबाहेक १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो। लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले कारबाही गरेको जनाएको छ।


प्रहरी निरीक्षक भिमराज राई र प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालसहित १० जनाको टोलीले गरेको खानतलासीका क्रममा दुई थान मोबाइल, दुई थान मोटरसाइकल र एक थान डिजिटल तराजु पनि बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मिथुन साहु र मोतिराज लिम्बूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ।
प्रकाशित मिति: २०२६-०७-०२ , समय : २१:०४:०७ , ३ महिना अगाडि