रंगेलीमा खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ, अर्को युवक पनि नियन्त्रणमा

मिति: २०२६-०७-१५ , समय : २०:३९:१० , Our Pradesh

Our Pradesh

मोरङ, अषार ३१– मोरङ प्रहरीले छुट्टाछुट्टै कारबाहीमा श्रीमान्–श्रीमतीसहित तीन जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ घर भई हाल मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बस्दै आएका २३ वर्षीय सम्योक वानेम फागो, उनकी श्रीमती २० वर्षीया भूमिका फागो तथा पथरीशनिश्चरे नगरपालिका–१ निवासी २२ वर्षीय भोपाल कार्की रहेका छन्।

इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगर शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका सम्योक र भूमिकालाई रंगेली नगरपालिका–६ पुरानो भन्सार टोलमा चेकजाँचका क्रममा पक्राउ गरेको थियो। प्रहरीले उनीहरूले मलद्वारमा कालो प्लास्टिकको पोकाभित्र लुकाइछिपाइ राखेको २६.५१ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। सम्योकको साथबाट १५ ग्राम ४४ मिलिग्राम तथा भूमिकाको साथबाट ११ ग्राम ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने ।लिसाइलो पदार्थ बरामद भएको थियो।

यसैबीच, अर्को कारबाहीमा पथरीशनिश्चरे नगरपालिका–१ निवासी हरीकृष्ण कार्कीका २२ वर्षीय छोरा भोपाल कार्कीलाई ५.५ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले तीनै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०२६-०७-१५ , समय : २०:३९:१० , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित