बालिकामाथि जबरजस्ती करणी र सामूहिक करणीको आरोपमा पाँच जना पक्राउ
मिति: २०२६-०७-२७ , समय : १३:०३:२७ , Our Pradesh
मिति: २०२६-०७-२७ , समय : १३:०३:२७ , Our Pradesh
Our Pradesh
बालिकामाथि जबरजस्ती करणी र सामूहिक करणीको आरोपमा पाँच जना पक्राउ
मोरङ। मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।



प्रहरीका अनुसार साउन ३ गते बिहान करिब ९ बजे मोरङको सुनवर्षी नगरपालिका निवासी एक बालिकालाई सिटी चालक रङ्गेली नगरपालिका–३ का मोहम्मद अरमान (१८) ले ललाइफकाई रङ्गेली नगरपालिका–७ स्थित युमी क्याफे मा लगी जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ का सुमन कुमार साह (२१) ले पनि बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।



यस्तै, साउन ४ गते राति करिब ९ बजे रङ्गेली नगरपालिका–७ का करण मण्डल (२०) ले पीडितलाई रङ्गेली–७ स्थित संसारी मन्दिर नजिक रहेको द ९०स क्याफे मा लगी प्रियान्सु साह (१८) र रितिक यादव (१८) सँग मिलेर सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।

उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते पाँचै जनालाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ। अभियुक्तहरूको दोष वा निर्दोषिता अदालतको अन्तिम निर्णयबाट टुंगो लाग्नेछ।
प्रकाशित मिति: २०२६-०७-२७ , समय : १३:०३:२७ , २ महिना अगाडि