मोरङमा मोहीको नाम हटाएर जग्गा पास, भोलिपल्टै रु १ करोड ३० लाख ऋण प्रवाह भएको आरोप
मिति: २०२६-०७-२८ , समय : ०८:३१:४७ , Our Pradesh
मिति: २०२६-०७-२८ , समय : ०८:३१:४७ , Our Pradesh
Our Pradesh
मोरङमा मोहीको नाम हटाएर जग्गा पास, भोलिपल्टै रु १ करोड ३० लाख ऋण प्रवाह भएको आरोपई
मोरङ। मोरङको जहदा गाउँपालिकास्थित मोही कायम रहेको एक जग्गाको सरकारी अभिलेखबाट मोहीको नाम हटाएर नामसारी गरिएको र त्यसको भोलिपल्टै सोही जग्गा धितो राखी सिटिजन्स बैंकबाट रु १ करोड ३० लाख ऋण प्रवाह भएको विषय सार्वजनिक भएपछि गम्भीर प्रश्न उठेको छ।


पीडित पक्षका अनुसार मोहीलाई कुनै जानकारी वा सहमति नदिई सरकारी अभिलेखमा रहेको नाम हटाएर जग्गा नामसारी गरिएको थियो। त्यसको भोलिपल्टै उक्त जग्गा धितो राखी बैंकबाट रु १ करोड ३० लाख ऋण स्वीकृत तथा प्रवाह गरिएको दाबी गरिएको छ।


घटनामा भूमि प्रशासन कार्यालय, बैंक तथा बिचौलियाबीच मिलेमतो भएको आशंका व्यक्त गरिएको छ। साथै, वास्तविक बजार मूल्यभन्दा निकै बढी रकम ऋण स्वीकृत गरिएको, सम्पूर्ण प्रक्रिया शंकास्पद ढंगले अघि बढाइएको तथा पछि सरकारी अभिलेख सच्याउने प्रयाससमेत भएको आरोप लगाइएको छ।
यस विषयमा पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गराउँदै निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा घटनामा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
यता, सिटिजन्स बैंकले भने सम्बन्धित फाइल अध्ययनपछि मात्रै यस विषयमा विस्तृत प्रतिक्रिया दिने जनाएको छ।
घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको जनाइएको छ।
प्रकाशित मिति: २०२६-०७-२८ , समय : ०८:३१:४७ , २ महिना अगाडि