मोरङमा सशस्त्र प्रहरीद्वारा १० लाखभन्दा बढी मूल्यका अवैध सामान र अटो बरामद

मिति: २०२६-०८-०३ , समय : १७:४१:३१ , Our Pradesh

Our Pradesh

मोरङमा सशस्त्र प्रहरीद्वारा १० लाखभन्दा बढी मूल्यका अवैध सामान र अटो बरामद

मोरङ, साउन १८ — सशस्त्र प्रहरी बल नेपालले मोरङबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरेको अटो, लत्ताकपडा, किराना सामान तथा पशुचौपाया बरामद गरेको छ।

 

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी, मोरङबाट खटिएको टोलीले मिति २०८२ साउन १८ गते बुढीगंगा गाउँपालिका–१, टंकी सिनुवारी क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको प्र.१–०२–००२ ह ९६८१ नम्बरको अटो नियन्त्रणमा लिएको हो।

 

उक्त अटोमा लोड गरिएको लत्ताकपडा र किराना सामानको भन्सार मूल्य रु. ५ लाख ७४ हजार ४७९ रहेको छ भने अटोको अनुमानित भन्सार मूल्य रु. ४ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ। यसरी अटोसहित बरामद सामानको कुल भन्सार मूल्य रु. ९ लाख ७४ हजार ४७९ पुगेको छ।

 

यसैगरी, सशस्त्र प्रहरी बलको बीओपी डोरियाबाट १ वटा गाई र १ वटा बाछा तथा अन्य मातहत कार्यालयहरूबाट बरामद गरिएको किराना सामानसमेत जोड्दा कुल बरामद सामग्रीको भन्सार मूल्य रु. १० लाख १५ हजार ६७९ पुगेको छ।

 

बरामद गरिएका अटो, लत्ताकपडा, किराना सामान तथा पशुचौपाया आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित मिति: २०२६-०८-०३ , समय : १७:४१:३१ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित