सुनवर्षीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

मिति: २०२६-०९-१५ , समय : २३:१३:१५ , Our Pradesh

Our Pradesh

सुनवर्षीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

मोरङको सुनवर्षी नगरपालिका–९ र ८ को सीमामा रहेको पुलबाट २०८३ भदौ ३० गते राति अन्दाजी १० बजे मोटरसाइकल करिब ४० फिट तल खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा भारतको अररिया जिल्ला, पलासीका मुन्ना मण्डल रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। मोटरसाइकलको पछाडि सवार सुनवर्षी नगरपालिका–८, हरिश्चन्द्रगढीका दिपेश कुमार मण्डल गम्भीर घाइते भएका छन्। उनको हाल रंगेली अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार अत्यधिक मादक पदार्थ सेवनका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०२६-०९-१५ , समय : २३:१३:१५ , ६ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित