दीपावलीमा पटका पड्काउँदा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो

मिति: २०२६-११-०९ , समय : १४:५८:३३ , Our Pradesh

Our Pradesh

वीरगन्ज । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको जलेर मृत्यु भएको छ।

 

पर्साको पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको सोमबार बिहान पटका पड्काउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएका थिए।

 

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार आगोले जलेर बेहोस भएका बालकलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो।

 

तर, उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति: २०२६-११-०९ , समय : १४:५८:३३ , १ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित