जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

मिति: २०२३-०४-१० , समय : १२:१९:२१ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २७ चैत। काठमाडौं, बुढानिलकण्ठ नगरपालिका(८ मण्डिखाटार डेरा गरी बस्ने ४२ वर्षीया हेमा गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

त्सैगरी झापा, कमल गाउँपालिका(३ केर्खा बजार बस्ने ३७ वर्षीय सुरेन राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत १३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ६ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : १२:१९:२१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित