तनहुँबाट लागु औषध सहित एक युवक पक्राउ

मिति: २०२३-०४-१२ , समय : १०:४१:१४ , आवर प्रदेश

आवर प्रदेश

तनहुँको आँबुखैरेनीबाट प्रहरीले लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमाद नगरपालिका–९ बुच्चाखानी घर भएका २२ वर्षीय बिबश गुरुङ छन् । मंगलबार पक्राउ परेका गुरुको साथबाट ६७५ ट्याब्लेट नाइट्राभेट बरामद गरिएको आँबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले जानकारी दिए ।

मुग्लिङ तर्फबाट आबुखैरेनी आउँदै गरेको ग.१ ख १९४६ नम्बरको बसलाई चेकजाँच गर्दा गुरुङको साथमा लागुऔषध भेटिएको थियो । आरोपी विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : १०:४१:१४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित