झापाबाट बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
मिति: २०२३-०४-१२ , समय : १२:१७:०० , आवर प्रदेश
मिति: २०२३-०४-१२ , समय : १२:१७:०० , आवर प्रदेश
आवर प्रदेश
झापा, २९ चैत । बहुबिवाह मुद्दाका २ जना फरार प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने ३७ वर्षीय मोहन शम्शेर योङहाङ र सोही ठाउँ बस्ने २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेका छन् ।
जिल्ला अदालत झापाको २०७९ असार २० गतेको फैसलाले बहुबिवाह मुद्दामा मोहनलाई १५ महिना कैद र २५ हजार रूपैयाँ जरिवाना तथा पुजनलाई १३ महिना कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीरूलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।
प्रकाशित मिति: २०२३-०४-१२ , समय : १२:१७:०० , २ वर्ष अगाडि