प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

मिति: २०२३-०४-१७ , समय : १२:१५:३६ , आवर प्रदेश

आवर प्रदेश

बिराटनगर, बैशाख ४ गते । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर तथा औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा को.१९प ६५९० नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका तुम्बेवा पाँचथरका ३० बर्षीय भानु लावतीलाई ६५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने बिशेष सुचानाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी-३ का २७ बर्षीय सनम लिम्बुलाई प्रतिबन्धित औषधी ट्रमाडोल र स्पास्पेन गरी ३ सय १० क्याप्सुल सहित उनकै घरबाट पक्राउ गरेको हो ।

यसै गरी लागुऔषध बिक्रिबितरण भईरहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१४ सुनसरीका ४३ बर्षीय कुमार बस्नेत, उनको ३६ बर्षीया श्रीमती बिमला बस्नेत र १८ बर्षका छोरा दिपेश बस्नेत समेतलाई ४ ग्राम ब्राउन सुगर र नाईट्रोजेपाम ५५ ट्याब्लेट सहित घर बाटै पक्राउ गरेको हो ।

प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

 

प्रकाशित मिति: २०२३-०४-१७ , समय : १२:१५:३६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित