काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु
मिति: २०२३-०४-२१ , समय : १६:५४:३० , आवर प्रदेश
मिति: २०२३-०४-२१ , समय : १६:५४:३० , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, ८ वैशाख । काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित उकेश नकर्मीको नयाँ निर्माण गर्न लागेको घरको सुरुको हात्तिपाईला जग राख्न ड्रिल मेसिनको सहायताले खन्ने क्रममा करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका घर भई हाल काठमाडौं ताहाचल डेरा गरी बस्ने ३५ वर्षीय जिबन तामाङको शुक्रबार बिहान मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२१ , समय : १६:५४:३० , २ वर्ष अगाडि