जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
मिति: २०२३-०४-२६ , समय : १२:४८:२४ , आवर प्रदेश
मिति: २०२३-०४-२६ , समय : १२:४८:२४ , आवर प्रदेश
आवर प्रदेश
सुनसरी, १३ वैशाख । ईटहरी उपमहानगरपालिका-२ पशपति चोक बस्ने ६० वर्षीय केदर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय दिपक थापासहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ७ सय ९५ रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२६ , समय : १२:४८:२४ , २ वर्ष अगाडि