रूपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मिति: २०२३-०४-२७ , समय : १७:१९:१६ , आवर प्रदेश

आवर प्रदेश

रूपन्देही, १४ वैशाख। रोहिणी गाउँपालिका-४ तर्कुल्लास्थित सडकमा भे.१ ख २७१७ नम्बरको ट्रकले लु.२० प १०६७ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देबदह नगरपालिका-१२ ढोलबजवा बस्ने २८ वर्षीय झबेन्द्र कुँवरको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : १७:१९:१६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित