गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

मिति: २०२३-०४-२७ , समय : १७:४४:०३ , आवर प्रदेश

आवर प्रदेश

गोरखा, १४ वैशाख। अजिरकोट गाउँपालिका-२ ओलाङस्थित निर्माणाधिन सुपर चेपे हाइड्रोपावरमा वेल्डिङको काम गर्ने पाल्पा रम्बादेवी गाउँपालिका-४ घर भएका ४७ वर्षीय केश नारायण थापाको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

काम गर्ने क्रममा दुवै हातको पन्जामा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मोडन अस्पताल भच्चेकमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : १७:४४:०३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित