बारामा अवैध लागूऔषधसहित एक जना पक्राउ

मिति: २०२३-०४-२७ , समय : १८:३२:१९ , आवर प्रदेश

आवर प्रदेश

बारा, १४ वैशाख। जितपुरसिमारा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय ग्रामसहित भारत गोरखपुर खजुरी पंचायत बस्ने ६० वर्षीय संतोष कुमार त्रिपाठीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ज २०८६ नम्बरको टाटा सुमो प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार त्रिपाठीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : १८:३२:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित