जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
मिति: २०२३-०५-०३ , समय : ११:१२:४२ , आवर प्रदेश
मिति: २०२३-०५-०३ , समय : ११:१२:४२ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं। दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ घर भई हाल बबई गाउँपालिका-६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती किशोरीलाई गत शनिबार ललाई फकाई आफ्नै खाली घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्सैगरी कञ्चनपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती किशोरीलाई गत सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी बिट दैजिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : ११:१२:४२ , २ वर्ष अगाडि