छुट्टाछुट्टै स्थानमा तिन जना मृत अवस्थामा फेला

मिति: २०२३-०५-०४ , समय : १६:४६:३९ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २१ वैशाख। इलाम, माई नगरपालिका-२ माईखोलामा सोही नगरपालिका-६ बिहिबारे बस्ने ६९ वर्षीय पुर्ण बहादुर लिम्बु बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्सैगरी रुपन्देही, सुद्धोधन गाउँपालिका फर्साटिकर घर भई तिलोत्तमा नगरपालिका-३ सुनौलोनगर बस्ने ४० वर्षीय तिवारी चौधरी सोही ठाउँस्थित छिमेकीको घरको पेटीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्सैगरी लमजुङ, मध्यनेपाल नगरपालिका-७ बस्ने २३ वर्षीय दिपक विक सोही नगरपालिका भाटवेसीस्थित मादि खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०४ , समय : १६:४६:३९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित