बर्दियामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

मिति: २०२३-०५-०६ , समय : १३:१२:०२ , आवर प्रदेश

आवर प्रदेश

बर्दिया । बर्दिया राजापुर नगरपालिका—९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबारबलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य आरोपित र एक सहयोगी रहेकाे प्रहरीले जनाएको छ । उनीहरू बिहीबार पक्राउ गरेको जानकारी शनिबार दिएको हो ।

प्रहरीका अनुसार पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकी थिइन् । राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीया शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रनाउ सापकोटाले भने, ‘राधेश्याम घर बाहिर बसेर निगरानी गरिरहेका थिए, दुवै जनाविरुद्ध पीडित बालिकाले बलत्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रनाउ सापकोटाले जनाए ।

प्रकाशित मिति: २०२३-०५-०६ , समय : १३:१२:०२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित