कार्तिक २३ गते बिहीबारको तपाईको दैनिक राशिफल
तपाईको दैनिक राशिफल
मिति: २०२३-११-०९ , समय : ०७:२६:११ , Our Pradesh
मिति: २०२३-११-०९ , समय : ०७:२६:११ , Our Pradesh
Our Pradesh
मिति वि.सं. २०८० कार्तिक २३ गते बिहीबार ई.सं.२०२३ नोभेम्बर ०९ नेपाल सम्बत ११४३ कौलागा एकादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक कृष्ण एकादशी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, वैधृति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ६: १९ बजे भयो भने सूर्यास्त साँझ ५: १५ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि पर्नुपर्ला । हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यले काम लिने समय छ । खर्च बढ्नेछ भने यात्रापरक कार्यमा केही चुनौतीहरू देखिएला । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुबाट जोगिने प्रयत्न गर्नु हितकर होला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुर्ला । व्यवसायमा फाइदै भए पनि यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने दिन छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । तर छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना छ । टाढाको यात्रा गर्ने प्रक्रियामा रहेकाहरूको लागि अनुकुलता वृद्धि होला । दाम्पत्य सम्बन्धमा अविश्वास बढ्ने योग रहेकोले सचेत रहनुहोला । व्यावसायिक यात्राको सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याको समाधान प्राप्त हुनेछ । शत्रु परास्त होलान् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने योग छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै मिठो भोजन प्राप्त होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा केही खर्च बढ्ने सम्भावना छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुपका साथै आय वृद्धि हुने समय छ । पारिवारिक सुख शान्तिका साथै पराक्रम बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । अनुकुल मौकाको पर्याप्त लाभा लिन सकिएला । शत्रु र रोगबाट छुटकारा मिल्नेछ भने मुद्दा–मामिलामा विजयी भइनेछ । प्रेमको बन्धन कसिने बेला छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुने दिन छ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । प्रतिष्ठा कमाइनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुर्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्ने योग छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर हुनेछ । आरोग्यता र पराक्रम वृद्धि हुनेछ । योजना र बजेट बनाएर मात्र काममा हात हाल्नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आश मारेको कामले उत्साह जगाउने दिन छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । आजको दिन गोपनीयतामा विशेष ध्यान राख्नु हितकर हुनेछ । प्रेमभाव र शुभता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता बढ्नेछ । साझेदारी तथा सट्टापट्टामा विशेष लाभ मिल्ने दिन छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ जिम्मेवारी प्राप्तिले दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइने योग छ । स्वास्थ्य सबल रहनेछ । सन्तान पक्षबाटसुख प्राप्त हुनेछ । यात्रामा सफलता तथा मनोकूलको काममा सफलता मिल्ने समय छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय छ । पराक्रम बढ्नेछ । पढाइलेखाइमा प्रगति होला । प्रतिभाको कदर हुनेछ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने योग भएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । सुख बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): श्रमको उचित मूल्याङ्कन हुने समय छ । स्वास्थ्य सामान्य प्रतिकूल रहला, तर पनि हिम्मतले काम लिन सकिनेछ । अप्ठ्यारो परिस्थितिका बाबजुद लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । वार्तामा सफलता मिल्नेछ । सुख बढ्ला । शत्रु परास्त होलान् ।
तपाईको दिन शुभ रहोस्
प्रकाशित मिति: २०२३-११-०९ , समय : ०७:२६:११ , २ वर्ष अगाडि