महोत्तरीका पाँच किशोरी एकैसाथ बेपत्ता !

मिति: २०२३-११-०९ , समय : १०:०५:२७ , विशाल कुमार

विशाल कुमार

जनकपुरधाम। महोत्तरीको औरही नगरपालिकाबाट एकैसाथ पाँच जना किशोरी बेपत्ता भएका छन् ।औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरिले जानकारी दिएका छन् ।

ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि आफूहरूलाई परिवारजनद्वारा जानकारी प्राप्त भएको उनले बताए ।सम्पर्कविहीन रहेको किशोरीहरूको खोजतलास तीव्र रहेको डिएसपी गिरिले जनाए । किशोरीहरू श्रम गर्न भारततिर गएको हुनसक्ने उनको आशङ्का छ । ‘किशोरीहरू विपन्न परिवारका हुन्। यसअघि पनि महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमबाट घाँस काट्न भनी घरबाट निस्किएकी सात जना किशोरीहरू सम्पर्कविहीन भएको थियो । दुई दिनपछि उनीहरूलाई भारत बिहारको सितामढी स्टेसनबाट उद्धार गरिएको थियो ।

प्रकाशित मिति: २०२३-११-०९ , समय : १०:०५:२७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित