विश्वकपमा आज : सेमिफाइनल पुग्न अफगानिस्तानले दक्षिण अफ्रिकालाई ४३८ रनले हराउनुपर्ने

मिति: २०२३-११-१० , समय : १२:३८:३२ , Our Pradesh

Our Pradesh

२४ कात्तिक २०८०

आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानको सामना गर्दैछ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने उक्त खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने छ!

दक्षिण अफ्रिका जारी विश्वकपमो सेमिफाइनलमा पुगिसकेको छ भने अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी छ । भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै विश्वकपको सेमिफाइनलमा पुगिसकेको छ|

अब न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तामध्ये एक टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छ । त्यसमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सम्भावना अत्यन्तै बढी छ । पाकिस्तान र अफगानिस्तानको सम्भावना भने प्राविधिक रुपमा मात्र बाकी छ

प्रारम्भिक चरणमा आफ्नो सबै खेल खेलिसकेको न्युजिल्यान्ड १० अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । एक खेल खेल्न बाँकी पाकिस्तान आठ अंकसहित पाँचौँ स्थानमा छ । शुक्रबार दक्षिण अफ्रिकासँग आफ्नो अन्तिम खेल खेल्ने तयारीमा रहेको अफगानिस्तान आठ अंकसहित तालिकाको छैठौँ स्थानमा आसिन छ

तर, नेट रन रेटमा पाकिस्तानी र अफगानिस्तानभन्दा न्युजिल्यान्ड निकै अगाडि छ । न्युजिल्यान्डको नेट रन रेट ०.७४३ रहेको छ । पाकिस्तानको नेट रन रेट ०.०३६ छ । अफगानिस्तानको नेट रन रेट भने —०.३३८ रहेको छ ।

जारी विश्वकपको सेमिफाइनलमा पुग्न अफगानिस्तानले बिहीबारको खेलमा दक्षिण अफ्रिकालाई चार सय ३८ रनको विशाल अन्तरले हराउनु पर्ने हुन्छ । दक्षिण अफ्रिकालाई त्योभन्दा कम रनले हराएमा अफगानिस्तान सेमिफाइनलमा पुग्न असफल हुनेछ ।

प्रकाशित मिति: २०२३-११-१० , समय : १२:३८:३२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित