सुनवर्षीको डाइनिया चोकमा पूर्ण दुर्घटना

सुनबर्सी, मोरङ - सुनबर्सी नगरपालिका स्थित डाइनिया चोकमा पुनः एक गम्भीर दुर्घटना भएको छ। बा २७ प ९०७४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलले डिभाइडरमा ठोक्किँदा तीनजना गम्भीर घाइते भएका छन्। मोटरसाइकलमा रतुवामाई नगरपालिका-१, सोनापुर निवासी २४ वर्षीय चालक शिवकुमार गिरी, २४ वर्षीय रुपेश गिरी, र २५ वर्षीय राम गिरी सवार थिए।

मिति: २०२४-०८-१७ , समय : ११:४०:१६ , Our Pradesh

Our Pradesh

सुनबर्सी, मोरङ – सुनबर्सी नगरपालिका स्थित डाइनिया चोकमा पुनः एक गम्भीर दुर्घटना भएको छ। बा २७ प ९०७४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलले डिभाइडरमा ठोक्किँदा तीनजना गम्भीर घाइते भएका छन्। मोटरसाइकलमा रतुवामाई नगरपालिका-१, सोनापुर निवासी २४ वर्षीय चालक शिवकुमार गिरी, २४ वर्षीय रुपेश गिरी, र २५ वर्षीय राम गिरी सवार थिए।

दुर्घटनामा घाइते भएका शिवकुमार गिरी र राम गिरीलाई रङ्गेली स्थित टाइम्स अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते रुपेश गिरीलाई थप उपचारका लागि बिराटनगर रेफर गरिएको छ।

डाइनिया चोकको डिभाइडरमा बारम्बार दुर्घटना भइरहे पनि सम्बन्धित निकायले यसमा कुनै पहल नगरेको भन्दै स्थानीयहरू चिन्तित र आक्रोशित बनेका छन्। यस क्षेत्रका बासिन्दाहरूले अब तुरुन्तै ठोस कदम चालेर दुर्घटना रोक्नका लागि उपाय खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।

स्थानीयहरूका अनुसार, यस्ता दुर्घटनाहरू रोक्न सम्बन्धित निकायहरूले चोकको उचित व्यवस्थापन र डिभाइडरको स्पष्ट संकेत गर्नुपर्ने छ, ताकि भविष्यमा यसप्रकारका दुःखद घटनाहरू दोहोरिन नदिन सकियोस्।

प्रकाशित मिति: २०२४-०८-१७ , समय : ११:४०:१६ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित