रास्वपा गढी गाउँपालिका वडा नं. ६ मा अध्यक्षका लागि पूर्व प्रहरी निरीक्षकदेखि युवा इन्जिनियरहरू आकांक्षी

मिति: २०२४-११-११ , समय : १२:५०:३२ , आबर प्रदेश

आबर प्रदेश

रास्वपा गढी गाउँपालिका वडा नं. ६ मा अध्यक्षका लागि पूर्व प्रहरी निरीक्षकदेखि युवा इन्जिनियरहरू आकांक्षी

सुनसरीको गढी गाउँपालिका वडा नं. ६ मा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिन आकांक्षीहरू बीच चार पक्षीय प्रतिस्पर्धा हुने भएको छ। विगत लामो समयदेखि पुराना दलहरूले झुटा आश्वासन मात्र बाँड्दै आएका कारण जनताले अपेक्षा गरेको स्तरमा जीवनस्तर सुधार्न नसकेको भन्दै रास्वपाले चुनाव चिन्ह घन्टी मार्फत पुराना दलहरूको रवैयालाई चुनौती दिन उम्मेदवारी घोषणा गरेको हो।

 

रास्वपाको उम्मेदवारीमा पूर्व प्रहरी निरीक्षक अवधलाल यादव, स्वास्थ्य प्राविधिक प्रदीप कुमार राय, युवा इन्जिनियरहरू शशी कुमार साहु र श्यामलाल मण्डल आकांक्षी रहेका छन्। चारजना आकांक्षी रहेकोले रास्वपा नेतृत्वले उम्मेदवार छनोट गर्न हम्मे हम्मे परेको छ। पार्टीका प्रावधान अनुसार सबै आकांक्षी उम्मेदवारलाई आन्तरिक मतदान प्रक्रियामा सहभागी गराई स्थानीय पार्टी प्रतिनिधिहरूमाझ लोकप्रिय उम्मेदवार छनोट गरिने सुनसरी जिल्ला संयोजक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो।

गढी गाउँपालिका वडा नं. ६ मा आज आयोजित एक कार्यक्रममा माननीय अशोक कुमार चौधरी, केन्द्रीय सदस्य निशा मेहता, कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनाली, प्रदेश समिति सदस्य देवराज अधिकारी, प्रदेश संगठन सचिव निरज कटुवाल, प्रदेश महिला विभाग सदस्य राधिका थापा, जिल्ला संयोजक जीवन कुमार श्रेष्ठ, निर्वाचन क्षेत्र समिति सचिव राजाराम मेहता, गढी गाउँपालिका वडा नं. ६ संयोजक प्रदीप राय, स्थानीय बुद्धिजीवी डा. राज कुमार यादव, स्वास्थ्यकर्मी बिपिन खेरबार लगायतका विशिष्ट व्यक्तिहरू र सयौँ स्थानीय जनताको उपस्थिति रहेको थियो। कार्यक्रममा आगामी निर्वाचनका लागि उम्मेदवारी आह्वान तथा छनोट प्रक्रिया सम्पन्न गरिए

को छ।

 

प्रकाशित मिति: २०२४-११-११ , समय : १२:५०:३२ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित