सर्वोच्च अदालतअगाडि विरोध गरेकी बिनु यादव पक्राउ

मिति: २०२४-११-२६ , समय : १३:४२:०७ , Our Pradesh

Our Pradesh

सर्वोच्च अदालतअगाडि विरोध गरेकी बिनु यादव पक्राउ

घरेलु हिंसा पीडितको पहिचानसहित विरोध प्रदर्शन गर्दै आएकी बिनु यादवलाई सर्वोच्च अदालतअगाडि कालो रङ छ्यापेर विरोध गरेपछि प्रहरीले पक्राउ गरेको छ। उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

यादवले लामो समयदेखि आफ्नो माग सम्बोधनका लागि प्रदर्शन र अनशन गर्दै आएकी थिइन्। यसअघि सरकारले उनको पाँचबुँदे मागमा सहमति जनाउँदै पवन कठायतविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा कारबाहीका लागि महान्यायाधिवक्ताको कार्यालय पठाउने निर्णय गरेको थियो।

२०७५ सालमा कालीमाटी प्रहरीले यादवलाई जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न दबाब दिएको र यस प्रकरणमा संलग्न तत्कालीन डिएसपी सुरज कार्कीविरुद्ध कारबाहीसहितको माग गर्दै यादवले माइतीघरमा सत्याग्रहसमेत गरेकी थि

इन्।

 

प्रकाशित मिति: २०२४-११-२६ , समय : १३:४२:०७ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित