सर्लाहीमा मापसे चेकिङका क्रममा झडप, प्रहरीले गोली चलायो
मिति: २०२५-०१-०५ , समय : १२:४४:०१ , Our Pradesh
मिति: २०२५-०१-०५ , समय : १२:४४:०१ , Our Pradesh
Our Pradesh
सर्लाहीको रामनगर वडा नं. ५ बैजनाथमा मापसे चेकिङका क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ। मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराका अनुसार, मापसेमा परेका युवाहरूले झगडा गरेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली प्रहरी चौकी घेराउ गर्न पुगेको थियो।
वडाध्यक्ष यादव पनि मादक पदार्थ सेवन गरेर आएकाले स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ। स्थानीयहरूले प्रहरीको गाडीमाथि आक्रमण गरेपछि स्थिति नियन्त्रण गर्न गोली चलाइएको हो।
घटनामा केही स्थानीय र एक प्रहरी घाइते भएका छन्। प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेपछि उपचारका लागि अस्पताल पठाइएको छ।
प्रकाशित मिति: २०२५-०१-०५ , समय : १२:४४:०१ , ५ महिना अगाडि