सुरक्षा समिति र भन्सार टोलीको संयुक्त निरीक्षण
मिति: २०२५-०४-२५ , समय : १५:१६:५८ , Our Pradesh
मिति: २०२५-०४-२५ , समय : १५:१६:५८ , Our Pradesh
Our Pradesh
आज सिमानाका अनुगमन : सुरक्षा समिति र भन्सार टोलीको संयुक्त निरीक्ष
२०७८ वैशाख १२, रङ्गेली —
आज मिति २०८२ साल वैशाख १२ गते, जिल्ला सुरक्षा समिति र भन्सार टोलीको संयुक्त पहलमा मोरङ जिल्लाका प्रमुख सिमावर्ती क्षेत्रहरूको निरीक्षण तथा अनुगमन गरिएको छ।
अनुगमन टोलीले बरडङा, डोरिया, मिर्चाडाङी, कुटुम्गन्ज, सिक्टी लगायतका सिमावर्ती बिन्दुहरूमा पुगेर सीमाको सुरक्षा अवस्था, अवैध आवतजावत तथा तस्करी नियन्त्रणको विषयमा प्रत्यक्ष जानकारी लिएको छ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधिहरू, भन्सार कार्यालयका अधिकारीहरू तथा सम्बन्धित निकायका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
टोलीले सीमामा भइरहेका गतिविधि, सुरक्षा चुनौतीहरू तथा भन्सार व्यवस्थापनबारे स्थानीयसँग अन्तरक्रिया समेत गरेको थियो। निरीक्षणको क्रममा सीमामा निगरानी मजबुत पार्ने, सुरक्षा चौकीहरू थप गर्ने तथा सम्बन्धित निकायबीच समन्वय अझ बलियो बनाउने विषयमा छलफल भएको जनाइएको छ।
जिल्ला सुरक्षा समितिका अनुसार सीमावर्ती क्षेत्रमा अवैध क्रियाकलाप रोक्न स्थानीयको सहयोग अत्यावश्यक रहेको भन्दै निगरानीलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको छ।
प्रकाशित मिति: २०२५-०४-२५ , समय : १५:१६:५८ , १ महिना अगाडि