जसपा नेपाल रङ्गेली–७ मा जनार्दन मण्डलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन
मिति: २०२५-०४-३० , समय : १९:०९:२० , Our Pradesh
मिति: २०२५-०४-३० , समय : १९:०९:२० , Our Pradesh
Our Pradesh
जसपा नेपाल रङ्गेली–७ मा जनार्दन मण्डलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन
रङ्गेली, मोरङ — जनता समाजवादी पार्टी (जसपा) नेपाल, रङ्गेली नगरपालिका–७ मा आयोजित भेलाबाट नयाँ समिति गठन गरिएको छ। भेलाले जनार्दन मण्डलको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय समिति चयन गरेको हो।
समितिमा पप्पु मण्डल उपाध्यक्ष, सुशील पौद्दार सचिव पदमा चयन भएका छन्। यस्तै, सदस्यहरूमा फुलो देवी मण्डल, दिपु मण्डल, सुरेश मण्डल, मीना महतो, लक्ष्मण महतो, रामु यादव लगायत अन्य सहभागी रहेका छन्।
नवगठित समितिका सम्पूर्ण पदाधिकारीलाई शुभकामना एवं बधाई व्यक्त गरिएको छ। यस समितिको गठनले वडास्तरमा संगठनलाई थप सशक्त बनाउने विश्वास जिल्ला सदस्य पन्ना लाल मण्डलले बताए।
सुनबर्सी नगरपालिका ,रङ्गेली नगरपालिकामा अहिले वार्ड संगठन विस्तारमा जसपा नेपाल अग्रसर देखिएको छ र जनतामा उत्साह रहेको जसपा नेपालका रङ्गेली नगर सचिव भगवान चन्द यादवले बताए। आगामी दिनमा यसलाई अझै मजबुत र जनताको माझमा जाने नयाँ कार्यक्रम सहित योजनाहरु रहेको यादवले आवर प्रदेशलाई बताए
प्रकाशित मिति: २०२५-०४-३० , समय : १९:०९:२० , ४ हप्ता अगाडि