रङ्गेली–४ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो वडा अधिवेशन सम्पन्न, मडन मण्डल अध्यक्ष चयन

मिति: २०२५-०५-१७ , समय : १८:३७:२० , Our Pradesh

Our Pradesh

रङ्गेली–४ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो वडा अधिवेशन सम्पन्न, मडन मण्डल अध्यक्ष चयन

रङ्गेली, मोरङ – नेकपा (माओवादी केन्द्र) रङ्गेली नगरपालिका वडा नं. ४ को दोस्रो वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको सांगठनिक सुदृढीकरण र नेतृत्व चयनका लागि आयोजित अधिवेशनबाट मडन मण्डललाई सर्वसम्मत रूपमा वडाध्यक्ष चयन गरिएको छ।

अधिवेशनका प्रमुख अतिथि पार्टीका पोलिट ब्युरो सदस्य शिव कुमार मण्डल थिए भने विशिष्ट अतिथिका रूपमा मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा संयोजक भुपेन्द्र मण्डलले गर्नुभएको थियो।

अधिवेशनमा रङ्गेली नगर इन्चार्ज, प्रतिनिधिसभा क्षेत्र नं. ५ का इन्चार्जसहित अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले पार्टीको वर्तमान दिशा, सांगठनिक विस्तार र जनसंघर्षको आवश्यकताबारे धारणा राखेका थिए।

सर्वसम्मत निर्णयअनुसार गठित नयाँ वडास्तरीय समितिमा निम्न पदाधिकारीहरू चयन गरिएका छन्:

अध्यक्ष: मडन मण्डल

 

उपाध्यक्ष: जय नारायण मण्डल, सत्य नारायण मण्डल

 

सचिव: दिवाकर मण्डल

 

कोषाध्यक्ष: शिलादेवी मण्डल

 

सह-सचिव: तेज नारायण मण्डल

 

 

त्यस्तै, २३ सदस्यीय वडास्तरीय समिति पनि अधिवेशनले सर्वसम्मत रूपमा गठन गरेको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले जनताको अधिकार, समावेशीता, सामाजिक न्याय र स्थानीय समस्याहरू समाधानका लागि पार्टी अझ सक्रिय भएर लाग्ने प्रतिब

द्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: २०२५-०५-१७ , समय : १८:३७:२० , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित