राष्ट्रिय प्रजातन्त्र पार्टी रङ्गेली वडा नं. ९ को वडा अधिवेशन सम्पन्न, २१ सदस्यीय नयाँ समिति गठन

मिति: २०२५-०५-१८ , समय : ०९:४८:५१ , Our Pradesh

Our Pradesh

राष्ट्रिय प्रजातन्त्र पार्टी रङ्गेली वडा नं. ९ को वडा अधिवेशन सम्पन्न, २१ सदस्यीय नयाँ समिति गठन

 

रङ्गेली, मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रङ्गेली नगरपालिका वडा नं. ९ को वडा अधिवेशन आइतबार बेलचोकस्थित कार्यक्रमस्थलमा सम्पन्न भएको छ। अधिवेशनले सोमनाथ ढकालको अध्यक्षतामा २१ सदस्यीय वडा समिति सर्वसम्मत रुपमा चयन गरेको छ।

उक्त कार्यक्रममा राप्रपा मोरङका कार्यवाहक अध्यक्ष राजेश मास्के प्रमुख अतिथिको रूपमा सहभागी थिए। साथै, राप्रपा जिल्ला सहसचिव दिपेन पासवान, जिल्ला सदस्य तथा निर्वाचन समिति अध्यक्ष हरिराम न्यौपानी, राप्रपा रङ्गेली वडा नं. ३ का अध्यक्ष भूमिनन्द ओझा, रङ्गेली नगरपालिका वडा नं. ६ का युवा नेता अजय बाबु मण्डल लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

नवगठित वडा समिति यसप्रकार छ:

 

अध्यक्ष: सोमनाथ ढकाल

 

उपाध्यक्ष: लेलुलाल राजवंशी

 

सचिव: सीता काफ्ले बिष्ट

 

सह–सचिव: आस्था देउजा

 

कोषाध्यक्ष: शोभा सुवेदी

भुवन कोइराला, युवराज ढकाल, भरेजबहादुर भण्डारी, बसन्ती लिम्बु कार्की, झुमा खड्का कार्की, शिवनारायण शाह, कृष्णबहादुर प्रधान, देवकुमारी डमेल, कुमार निरौला, शारदा खत्री थापा, गोविन्द खनाल, शारदा कोइराला, सन्तोष देउजा लगायत अन्य सदस्यहरू गरी २१ सदस्यीय समिति गठन गरिएको हो।

नवगठित समितिले संगठन सुदृढीकरण र स्थानीयस्तरमा पार्टीको सक्रियता बढाउने प्रति

बद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २०२५-०५-१८ , समय : ०९:४८:५१ , ७ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित