धनपालथानमा ३५ वर्षीय पुरुष झुण्डिएको अवस्थामा मृत फेला

मिति: २०२५-०५-२६ , समय : १८:११:५८ , Our Pradesh

Our Pradesh

 

धनपालथानमा ३५ वर्षीय पुरुष झुण्डिएको अवस्थामा मृत फेल

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजार निवासी ३५ वर्षीय दिपेन्द्र शाह आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

 

शाह जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारीका रूपमा कार्यरत थिए। सोमबार बिहान उनी आफ्नै घरको कोठामा पङ्खामा टावलको सहायताले झु*ण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ।

 

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि मृतकको शवलाई पोष्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको छ।

 

प्रहरीका अनुसार प्रारम्भिक रूपमा आत्महत्या आशंका गरिएको छ। तर घटनाको वास्तविक कारण पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ।

 

शाहको असामयिक निधनले परिवार, सहकर्मी र स्थानीय समुदायमा गहिरो शोकको वातावर

ण छाएको छ।

प्रकाशित मिति: २०२५-०५-२६ , समय : १८:११:५८ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित