विराटनगरमा च्याम्पियन्स कराँते एकेडेमीद्वारा जूनियर बेल्ट अपग्रेड कार्यक्रम सम्पन्न
मिति: २०२५-०५-३१ , समय : २३:५०:१६ , Our Pradesh
मिति: २०२५-०५-३१ , समय : २३:५०:१६ , Our Pradesh
Our Pradesh
विराटनगर, मोरङ | जेठ १७ — विराटनगरको जलजला चोकस्थित च्याम्पियन्स कराँते एकेडेमीमा बिहीबार एक विशेष जूनियर बेल्ट अपग्रेड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। करिब ४० जना बाल तथा किशोर कराँते खेलाडी विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको एकेडेमीले जानकारी दिएको छ।
कार्यक्रम अन्तर्गत विभिन्न शारीरिक र प्रविधिगत परीक्षणमार्फत खेलाडीहरूको प्रदर्शनको मूल्याङ्कन गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमा परिनिता सिंही, दक्षिता अग्रवाल, कायरव लुनिया र दर्शना पराजुली रहेका छन्। यसक्रममा दर्शना पराजुलीले ब्लु बेल्ट, भने अन्य तीन खेलाडीहरूले ओरेन्ज बेल्ट प्राप्त गरेका हुन्।
उनीहरूलाई बेल्टसहित प्रमाणपत्र र ईनामस्वरूप पानीको बोतल प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै एकेडेमीका संचालक सुरज कामतले कराँते यात्राको महत्वपूर्ण चरणको रूपमा यस प्रमोशन कार्यक्रमलाई उल्लेख गर्दै, खेलाडीहरूलाई भविष्यमा ब्ल्याक बेल्टसम्म पुर्याउने लक्ष्यमा यसले मद्दत पुर्याउने बताए।
कार्यक्रममा सितोरियो कराँते संघका केन्द्रीय सदस्य धर्म न्यौपाने, मोरङ कराँते संघका अध्यक्ष चन्द्र पराजुली, रंगेली कराँते डोजोका प्रशिक्षक गोपाल बराल, प्रशिक्षक साहिल गिरी र विवेक थापा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
एकेडेमीका अनुसार, सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई पनि ओरेन्ज बेल्ट र प्रमाणपत्र प्रदान गरिएको छ, जसले उनीहरूमा थप आत्मविश्वास र प्रेरणा
थपेको छ।
प्रकाशित मिति: २०२५-०५-३१ , समय : २३:५०:१६ , ३ महिना अगाडि